२०८० मंसिर १५ गते शुक्रबारको तपाईको राशिफल

मंसिर कृष्ण चतुर्थी पञ्चाङ्ग : शुक्ल बालव पुनर्वसु


१५ मंसिर २०८०, शुक्रबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । आकस्मिक धन लाभ हुनसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज नयाँ र शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठूला व्यक्तिले तपाईका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । इच्छा र आकांक्षा पूर्ण हुनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । सहयोगी हातहरू अघि बढ्ने छन् । पारिवारिक साथ र सद्भाव बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै समाचारले मनमा खुसी छाउने छ । पारिवारिक सहयोग मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शुभकार्यको चर्चा चल्ने छ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अकस्मात् सफलता हात पर्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
जीवन साथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । पढाई पनि राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । प्रेममा मनमुटाव पनि आउला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । व्यावसायिक योजना र त्यसबाट दीर्घकालीन फाइदा लिन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज दबाब र तनाव बढेको महसुस हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । आर्थिक पक्ष भने राम्रो हुने देखिन्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज सामाजिक कार्यबाट सफलताको योग छ । जोशजाँगर र हिम्मत बढ्ने छ । नयाँ कार्यको योजना बन्ने छ र छोटो यात्रा पनि हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला । झुटा आरोप पनि खेप्नु पर्ला । राशिफल जे जस्तो भए पनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७