बाजुरामा जीप दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते


०८:०० बजे

बाजुरा । बाजुराको पूर्वी–उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

मृत्यु हुनेमा मुगु जिल्लाको खत्याड गाउँपालिका–९ का अन्दाजी २८ वर्षीय मदन सार्की रहेका जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिए । हिमाली गाउँपालिकाबाट कोल्टी आउँदै गरेको लु१ज ४८२९ नम्बरको बोलेरो जीप धुलाचौर बजार नजिकै बिहीबार दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा गौमुल गाउँपालिका–३ का अन्दाजी १९ वर्षीय वसन्त धामी घाइते भएका प्रहरी निरीक्षक ऐरीले बताए । सो जीपमा चालकसहित चार जना सवार थिए । जीपका चालक र अर्का एक यात्रु भने सकुशल रहेका प्रहरीले जनाएको छ । जीपचालक खत्याड –९ का दलबहादुर लावणलाई प्रहरीको नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७