डडेल्धुरा पुगेका ओलीको देउवालाई फोन : त्यतातिर सब ठिक छ नि ? (भिडियोसहित)


१५ मंसिर २०८०, शुक्रबार
kp deuwa

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’ अभियानमा छन् । सोही क्रममा अध्यक्ष ओलीले पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला पुगेर उनलाई फोन सम्पर्क गरेका छन् ।

आज (शुक्रबार) बिहान सामाजिक सञ्जाल फेसबुककमा एक भिडियो शेयर गर्दै उनले देउवासँग गरेको कुराकानी जानकारी गराएका हुन् । ‘सुन्दर डडेलधुरा !! मेरा मित्र शेरबहादुर देउवाको गृह जिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो । उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो । धन्यवाद शेरबहादुरजी ! (सचिवालयले गुडविल कलका रूपमा यसको भिडियो पनि बनाएको रैछ । त्यसैले यसलाई पोष्ट गरेको छु ।)’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन् । सार्वजनिक भिडियोमा ओलीले देउवासँग काठमाडौँतिरको हालखबर सोधेका छ । देउवासँग भएको थप कुराकानीबारे ओलीले केही उल्लेख गरेका छैनन् ।

यसैबीच पदयात्रामा रहेको एमालेको टोली आज डोटीको सिलगढी पुग्दैछ । हिजो बैतडीको झुलाघाटबाट सुरू भएको पदयात्रा डडेल्धुराको अमरगढी पुगेको थियो । अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर संकल्प यात्राको शुभारम्भ गरेका थिए । हिजो बिहीबार १३० किलोमिटर यात्रा गरेर अभियान डडेल्धुराको अमरगढी पुगेको थियो । तीन साता लामो हुने पदयात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७