जेरुसेलममा गोली चल्दा पाँच जनाको मृत्यु


११:३५ बजे

काठमाडौं । इजरायलको जेरुसेलममा बिहीबार भएको गोली हानाहानमा दुई बन्दुकधारीसहित कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी र आपतकालीन सेवाहरूले जानकारी दिएका छन् । दुई बन्दुकधारीले जेरुसेलमको प्रवेशद्वारमा बस स्टपमा गोली हान्दा उनीहरूको मृत्यु भएको हो ।

एक २४ वर्षीया महिलाको घटनास्थलमा मृत्यु भएको घोषणा गरिएको थियो । जबकि दुई वृद्ध पीडितको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ । सोही बस स्टपमा नोभेम्बर २३, २०२२ मा भएको घातक बम आक्रमणको झण्डै एक वर्षपछि यो आक्रमण भएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७