काठमाडौंमा ‘जात व्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ प्रदर्शनी


०८:०० बजे

काठमाडौँ । काठमाडौँको नक्सालमा समाजमा चेतना फैलाउने उद्देश्यसहित ‘जातव्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ शीर्षकमा ललितकला प्रदर्शनी सुरु भएको छ ।

कलामार्फत जात व्यवस्थाविरुद्ध आवाज उठाउन र समाजलाई सचेत बनाउन उक्त प्रदर्शनी आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले जनाएको छ । बिहीबारदेखि सुरु भएको प्रदर्शनी यही मंसिर २० गतेसम्म चल्नेछ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला र समसामयिक चित्रकला विभागको सहकार्य तथा सामरी उत्थान सेवाको आयोजनामा भएको प्रदर्शनीमा नेपालका नाम चलेका ४० जना कलाकारका सृजना समावेश छन् ।

प्रदर्शनीको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गरे । उनले जात र लिङ्गका आधारमा समाजमा भएको विभेद बिस्तारै परिवर्तन हुँदै गएको बताए । उनले कलामार्फत पनि समाजमा चेतना फैलाउन सकिने भएकाले यस्ता कार्यक्रमहरु आयोजना गरिरहनु आवश्यक भएको प्रतिक्रिया दिए ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले लैङ्गिक र जातीय विभेद अन्त्यका लागि प्राज्ञिकस्तरबाट कलामार्फत परिवर्तनका लागि अघि बढ्नुपर्नेमा जोड दिए । उद्घाटन समारोहका अध्यक्ष विमला गायकले समाजमा दमित आवाजलाई कलाकारले सृजनाका माध्यमबाट उठान गरेकामा खुशी व्यक्त गरे ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७