थेसिस अनियमितताको छानबिन प्रतिवेदन पेश


१४ जेष्ठ २०७५, सोमबार
Tribhuwan University TU Photos 8

काठमाडौं, १४ जेठ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत थेसिस (शोधपत्र) सम्बन्धी अनियमितताको छानबिन गर्न गठित समितिले सोमबार त्रिवि उपकुलपति प्राडा. तीर्थराज खनियालाई प्रतिवेदन पेश गरेको छ ।Tribhuwan University TU Photos 8

त्रिवि कार्यकारी परिषद्को २०७३ भदौ ३० गतेको बैठकबाट भूगोल केन्द्रीय विभागका प्राध्यापक भीम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिले सम्बन्धित सरोकारवालासँग छलफल, अन्तक्रिया तथा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको जनाएको छ ।

समितिको सदस्यमा निवृत्त प्राध्यापकद्वय प्रा डा लोकनारायण झा र प्राडा. रामबहादुर क्षेत्री, रत्नराज्य क्याम्पसका प्राडा. आनन्द शर्मा र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सह–प्रा डा गिरीराज त्रिपाठी थिए । प्रतिवेदन हस्तान्तरण गर्दै संयोजक प्रा डा सुवेदीले विश्वकै ठूलो र देशकै जेठो विश्वविद्यालयमा हुने अनुसन्धान कार्य र शोधकार्य गुणस्तरीय हुनुपर्ने र यसमा देखिएका विकृति विसंगति अन्त्य गर्न प्रतिवेदनमा सुझाव दिइएको बताए ।

प्रतिवेदन ग्रहण गर्दै उपकुलपति खनियाँले प्रतिवेदन अध्ययनपश्चात् कार्यकारी परिषद्को बैठकबाट प्रतिवेदनमा दिइएका सुझावलाई समेटेर उपयुक्त नीतिगत निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तत्कालीन समयमा विभिन्न सञ्चारमाध्यममा थेसिससम्बन्धी अनियमितताका खबर आएपछि त्रिविले छानबिन समिति गठन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७