युद्दबिराम सकिए लगत्तै इजरायलले गरेको गाजा आक्रमणमा २१ जनाको मृत्यु


१५ मंसिर २०८०, शुक्रबार
gaza

गाजा । इजरायली हमलामा परी गाजामा २१ जना मारिएका छन् । गाजापटी, दक्षिण रफाह, खान युनिस र माघाजी क्षेत्रमा उनीहरू मारिएका हुन् । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले सैन्य कारबाही पुनः सुरु गरेपछि इजरायली हवाई आक्रमणमा गाजा पट्टीमा कम्तिमा ९ जनाको मृत्यु भएको बताएका छन् ।

gaza pic

दक्षिणमा रफाहको एउटा घरमा भएको आक्रमणमा कम्तीमा ६ जना र खान युनिसमा एकजनाको मृत्यु भएको थियो । पत्रकार हिन्द खौदरीले खान युनिसका अनुसार मध्य गाजाको माघाजी क्षेत्रमा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

Capture.JPG 1467

इजरायलले खान युनिसका केही छिमेकका बासिन्दाहरूलाई यस क्षेत्रमा अपेक्षित आक्रमण हुनुअघि नै छोड्न आग्रह गरिरहेको छ। इजरायली सेनाले खान युनिसका मानिसहरूलाई रफाहमा खाली गर्न आग्रह गर्दै पर्चाहरू खसालिरहेका छन् । उनीहरूले रफाहलाई पनि निशाना बनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७