११ महिनामा भित्रिए नौं लाख १८ हजार ३०८ पर्यटक


१५ मंसिर २०८०, शुक्रबार
Tourist manang 2 scaled

काठमाडौं । सन् २०२३ को ११ महिनामा नौं लाख १८ हजार ३०८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि नोभेम्बरसम्म ९ लाख १८ हजार ३ सय ८ पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।

सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सन् २०१९ को पर्यटक आगमनदरअनुसार तुलना गर्दा ८३ प्रतिशत ’रिकभर’ भएको छ ।

नेपालमा हालसम्म सबैभन्दा धेरै सन् २०१९ मा १२ लाख पर्यटक नेपाल भ्रमणमा आएका थिए । नोभेम्बरमा मात्रै १ लाख ८ हजार ६ सय ३० पर्यटक नेपाल आएका छन् । कोभिड १९ पछि नेपाल आउने पर्यटक संख्या लगातार वृद्धितर्फ देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७