त्रिभुवन विमानस्थलको ‘ग्राउन्ड हेण्डलिङ’ नेवानिबाट खोसियो


०७:०८ बजे

काठमाडौँ । प्रतिष्पर्धा बिना नेपाल वायुसेवा निगमले पाउँदै आएको त्रिभुवन विमानस्थलको ‘ग्राउण्ड हेण्डलिङ’ सेवा खोसिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थलको ग्राउण्ड हेण्डलिङ सेवा प्रतिष्पर्धाको आधारमा मात्रै दिने निर्णय गरेको हो ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५ (२) बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिको माध्यमबाट छनौट भएको संस्थामार्फत गराउने निर्णय भएको छ,’ प्राधिकरणले उल्लेख गरेको छ, ‘हालसम्म उक्त सेवा बिना प्रतिष्पर्धा नेपाल वायुसेवा निगमले उपलब्ध गराउँदै आएको थियो ।’

निगमको ठूलो आम्दानी हिस्सा समेत ग्राउण्ड हेण्डलिङबाट हुँदै आएको छ । निगमले वार्षिक करिब ५ अर्ब हाराहारी आम्दानी गर्दै आएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७