जनमत पार्टीको संगठन विस्तार र अधिवेशन सुरु


१५ मंसिर २०८०, शुक्रबार
ck raut 1

काठमाडौँ । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि सुरु गरेको छ । पार्टीको साङ्गठनिक काम कारबाहीलाई अगाडि बढाउन, सङ्गठन विस्तार गरी सशक्त सङ्गठन निर्माणका लागि आजदेखि (मंसिर १५) आगामी वैशाख ३० गतेसम्मको कार्यतालिका सार्वजनिक गरेको हो ।

पार्टीका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार मंसिर १५ देखि माघ १५ गतेसम्म सबै वडा अधिवेशन, माघ १५ देखि फागुन १५ गतेसम्म सबै पालिका अधिवेशन पूरा गर्नुपर्नेछ । फागुन २० गतेसम्म सबै वडा र पालिकाको प्रक्रिया पुर्‍याई गरिएको अधिवेशनको आधिकारिक माइन्युट तयार गर्ने, चैत ३ गते जिल्ला अधिवेशन र आगामी वैशाख ३० गते प्रदेश अधिवेशन गर्ने गरी कार्यतालिका बनाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७