रोजागारीका लागि माल्टा पठाई दिन्छु भन्दै ६ लाख ठगेको आरोपमा लक्ष्मी पक्राउ


०७:०१ बजे

काठमाडौं । बैदेशिक रोजगारीका लागि माल्टा पठाइ दिन्छु भन्दै ६ लाख ८ हजार रूपैयाँ ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–१ घर भएकी २९ वर्षीया लक्ष्मी श्रेष्ठलाई २०८० मंसिर १५ गते शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक एक लाख रूपैयाँ तलबमा काम लगाइ दिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको बाफलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७