एमालेको ‘संकल्प यात्रा’ आज सिलगढीबाट अछाम पुग्दै


१६ मंसिर २०८०, शनिबार
kp 1

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ को तेस्रो दिन आज (शनिबार) यात्रा टोली अछामका लागि प्रस्थान गर्दैछ ।

हिजो डडेलधुराको अमरगढीमा आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । आज सिलगढीबाट टोली अछामतर्फ लाग्ने छ । गौतमका अनुसार स्थानी बासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्ने छ ।

बिहानको खाना साँफेबगरमा खाएर साँझको बास अछामको मंगलसेनमा हुने गौतमले जानकारी दिए । उनका अनुसार चौखुट्टे, साँफेबगर र बयलपाटामा स्थानीय बासिन्दा, पार्टी कार्यकर्ताहरुसँग भेटघाट हुनेछ । दिउसो मंगलसेनमा आमसभाको तयारी रहेको छ । टोलीले आज १०५ किलोमिटर यात्रा गर्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७