रवि लामिछाने आज मलेसिया जाँदै, फर्किएको भोलिपल्टै कतार उड्ने


१६ मंसिर २०८०, शनिबार
Rabi lamichhane 1
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (शनिबार) मलेसिया जाँदैछन् । लामिछाने राति पौने १० बजे मलेसिया प्रस्थान गर्ने पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । भ्रमणका क्रममा उनले नेपाली शुभेच्छुक र समर्थकहरुसँग भेटघाट गर्ने र धन्यवाद दिने कार्यक्रम रहेको रावलले बताइन् ।

सभापति लामिछाने मलेसियाबाट मंसिर १९ गते स्वदेश फर्किने छन् । स्वदेश फर्किएको भोलिपल्टै फेरि उनी कतार जाने कार्यक्रम सहप्रवक्ता रावलले बताइन् । उनले कतारबाटै बेलायत जानछन् । सभापति लामिछाने मंसिर २९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

सभापति लामिछाने विदेश भ्रमणमा जाने भएपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याललाई दिइएको छ । भ्रमणमा सभापति लामिछानेसँगै सहमहामन्त्री कविन्द्र बुर्लाकाटी र सहकोषाध्यक्ष दीपक बोहरा पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७