काम गर्नेलाई नै ‘कारवाही’ : वीर अस्पतालका निर्देशक डा. पौडेललाई हटाइयो


१६ मंसिर २०८०, शनिबार
bir

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई पदबाट हटाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनको पदीय जिम्मेवारी खोसेका हुन् ।

निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी पौडेललाई मन्त्रालयमा हाजिर हुन भनिएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अर्को निर्णय नहुँदासम्मका लागि मन्त्रालयमा हाजिर हुन पत्र पठाइएको बताए । पौडेललाई गत वर्ष माघमा तत्कालीन स्वास्थ्य मन्त्री पदम गिरीको पालामा वीर अस्पतालको निर्देशक नियुक्त गरिएको थियो । निर्देशक बनेदेखि नै अस्पताल सुधार अभियानमा लागेका डा. पौडेलको पालामा वीरको सेवा प्रवाहमा उल्लेख्य सुधार भएको छ । उनले विरामीको टिकट काट्ने सामान्य समस्यादेखि अप्रेसनका लागि महिनौं कुर्नुपर्ने बाध्यतामा समेत सुधार गरेर अस्पतालमा सुशासन कायम गर्न थालेपछि निर्देशकबाट हटाइएको हो ।

पौडेलले विरामीको चापलाई मध्यनजर गर्दै सेवा अवधि थप गरेका थिए भने ओपिडी भएको स्थानमा काउन्टर स्थापना गरेर विरामीलाई सहज बनाएका थिए । वीर अस्पतालका ल्याब पनि उनले विहानैदेखि सन्चालन गराएका थिए ।
डा. पौडेलमाथि नेकपा एमालेको क्रियाशील सदस्यको रुपमा काम गरेको उजुरी परेको थियो । सोही उजुरीमाथि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरी मन्त्रालयलाई कारबाहीको सिफारिस गरेको थियो ।

यद्यपि, डा. पौडेलले आफू कुनै दलमा सक्रिय नभएको र उजुरीको विषय यसअघि नै टुंगिसकेको बताउँदै आएका छन् । उनी २०७९ फागुनमा दुई वर्षे कार्यकालका लागि वीरको निर्देशक नियुक्त भएका थिए । पौडेलले पत्र सार्वजनिक गर्दै भनेका छन्, ‘अधिनायक तत्कालिन राजा ज्ञानेन्द्र शाहले शेर बहादुर देउवालाई प्रमबाट हटाउँटा ‘निर्वाचन गराउन नसकेको, ‘अक्षम’ भन्ने आरोप लगाएर हटाएको इतिहास छ । दुई वर्षको अवधि तोकी नियुक्ति पाएको मलाई त राजनीतिक आस्थाका आधारमा निर्देशकबाट हटाएको मात्र हैन हाडजोर्नीको बिशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानियो । यो राणा शासन भन्दा कडा अधिनयकबाद हो ।’

यसअघि आफ्ना नाता र दाताका मान्छे भर्ति गर्न वीर अस्पतालका २ सय भन्दा बढी करार कर्मचारीलाई निकालेर नयाँ विज्ञापन गरेका स्वास्थ्य मन्त्री बस्नेतले वीरमा कमिसनको खेलमा निर्देशक पौडेल बाधक बनेपछि उनलाई निकालेर आफ्नो सेटिङ मिलाउन खोजेको आरोप छ ।

मन्त्रीले यसअघि पटक पटक वीरको खरिदमा समेत चासो राखेका थिए । मन्त्रीका अनुचित दबाब अस्वीकर गर्दै आएका निर्देशक यहाँको खरिदलगायत विचौलियामार्फत हुने कमिसनका खेलमा बाधक हुने देखेपछि अनुकूल निर्देशक ल्याउँन डा . पौडेललाई राजनीतिक अस्त्र प्रहार गरिएको वीर अस्पताल कर्मचारी संगठनले जनाएको छ ।

384564141 655262940142298 3591581273290273073 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७