दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छ : उपनेता तामाङ


१६ मंसिर २०८०, शनिबार
buddiman tamang1669798103

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको बताएका छन् ।

उनले व्यवसायी प्रसाईंले गरेको आन्दोलनमा राप्रपाका ६५ प्रतिशत कार्यकर्ताहरु सभागी भएको दाबी समेत गरे । उनले आफ्नो पार्टीले कार्यकर्तालाई जानु पनि र नजानु पनि नभनेको उल्लेख गर्दै कार्यकर्ताहरुले आफ्नो इच्छाअनुरूप आन्दोलनमा सहभागी भएको बताए ।

उनले पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही व्यवसायी प्रसाईंले गरेको कार्यक्रममा गइ सम्बोधन गरेको र राप्रपाले नैतिक समर्थन गरेको बताए । उनले व्यवसायी प्रसाईंले राखेका विभिन्न मागमध्ये राजासहितको प्रजातन्त्र पुनःस्थापना र हिन्दु राज्य पुनःस्थापना तथा संघीयता खारेजको विषयमा आफूहरूको समर्थन रहेको बताए ।

उपनेता तामाङले भने, ‘दुर्गा प्रसाईंको आन्दोलनलाई हाम्रो नैतिक समर्थन हो । नैतिक समर्थन हामीले गरेका छौं । उहाँका विविध प्रस्तावहरू छन्, उहाँका विविध माग छन् । राजासहितको प्रजातन्त्र पुनःस्थापना र हिन्दु राज्य पुनःस्थापना गरी दुई विषय र संघीयता खारेजको विषयमा हाम्रो समर्थन छ । हाम्रो एजेण्डा बोकेर जसले यो हुनुपर्छ भन्छ, त्यसलाई हाम्रो नैतिक समर्थन रहन्छ ।’

उनले राप्रपाले मंसिर २७ गते कैलाली, २८ गते महेन्द्रनगर र २९ गते जनकपुरमा आमसभा गर्न लागेको बताए । उनले पुस २७ गतेबाट राप्रपाले आफ्ना एजेण्डाअनुसारका विभिन्न कार्यक्रमहरू घोषणा गर्ने पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७