कोप–२८ मा प्रचण्डको सम्बोधन : नेपाललाई अन्याय भएको छ, यसको अन्त्य हुनुपर्छ


१६ मंसिर २०८०, शनिबार
pm 2 1 scaled

दुबइ । यूएईमा जारी राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) लाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिमालयलाई बचाउन आग्रह गरेका छन् ।

pm 3 2

सम्बोधनको सुरुमै प्रचण्डले आफू ३० मिलियन नेपालीको सन्देश बोकेर आएको उल्लेख गर्दै तापक्रम वृद्धिले हिमालय सताइएकाले यसलाई बचाउन आफूहरूको स्पष्ट सन्देश रहेको बताएका छन् । प्रचण्डले नेपालको जलवायु परिवर्तनमा शून्य भूमिका भए पनि असर भने सबैभन्दा धेरै भोग्नुपरेको भन्दै अन्तर्राष्ट्रिय जगतलाई सचेत गराएका छन् । उनले भने, ‘म हालैको आईपीसीसी प्रतिवेदनका निष्कर्षहरूप्रति गहिरो रुपमा चिन्तित छु, जसमा जलवायु प्रेरित प्रकोपहरूले हिमालयमा कीर्तिमान तोडिरहेका छन् । विश्वव्यापी उत्सर्जनमा लगभग शून्य योगदान भए पनि नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष, असमान र हानिकारक प्रभाव भोगिरहेको छ ।’

pm 4 1

प्रचण्डले आफूहरूमथि डर लाग्दो अन्याय भएको समेत बताएका छन् । उनले भने, ‘हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा जनता पहिरो, बाढी, जङ्गलको डढेलो, ग्लेशियर लेक प्रकोप, खडेरी आदि जस्ता जलवायुजन्य प्रकोपबाट नराम्ररी प्रभावित भएका छन् । यो सरासर अन्याय हो । यो अब रोकिनु पर्छ ।’

pm 5

प्रचण्डले एकतिहाइ ग्लोसियर गुमाइसकेको भन्दै अब ढिला गर्न नहुने बताए । उनले हिमालय मानवताको आधार भएको उल्लेख गर्दै बिलियन मानिसहरूलाई हिमालयले बचाएको भए पनि अहिले हिमालय आफै समस्यामा परेको बताए ।
प्रधानमन्त्री प्रचण्डले जलवायु अनुकूलनका लागि नेपालले गरेका कामहरूबारे पनि अन्तर्राष्ट्रिय समूदायलाई अवगत गराए ।

prachanda cop 28 1 1

उनले भने, ‘भर्खरै, मैले स्पष्ट रोडम्याप र रणनीतिहरूसहित राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन दिशानिर्देशहरू अनावरण गरें । नेपाल पेरिस सम्झौताप्रति पूर्ण प्रतिबद्ध छ । हामी सन् २०४५ सम्ममा नेट शून्य हरितगृह ग्यास उत्सर्जन हासिल गर्न प्रतिबद्ध छौं, विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अगाडि । हामीले हाम्रो जलविद्युत क्षमतालाई स्वच्छ ऊर्जा सुरक्षित गर्न र ४५ प्रतिशत जङ्गलले ढाकेको जमिनलाई कायम राख्न पूर्ण रूपमा उपयोग गर्नेछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७