दुर्गा प्रसाईंको आरोप : मेडिकल शिक्षा सिध्याउने तोसिमा कार्कीहरू हुन्


१६ मंसिर २०८०, शनिबार
durga prasai 2
फाइल फोटो

काठमाडौं । गणतन्त्र उल्ट्याउने घोषणा गर्दै आन्दोलनमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ ललितपुरमा पुगेर रास्वपा सांसद डा. तोसिमा कार्कीमाथि खनिएका छन् ।

आज (शनिबार तोसिमा) कै निर्वाचन क्षेत्र लगनखेलमा आयोजित कार्यक्रममा प्रसाईले यो देशको शिक्षा र स्वास्थ्य क्षेत्र सिध्याउने मतियार तोसिमा नै भएको गम्भिर आरोप लगाए । उनले तोसिमाहरुकै कारण आज देशमा नर्सिङ पढाइ नै हुन छाडेको दाबी गरे ।

प्रसाईले भने, ‘डा. तोसिमा कार्कीकै क्षेत्रमा आएर म भन्छु, यो देशको स्वास्थ्य र शिक्षा सक्ने तोसिमा कार्की हुन् । गोविन्द केसी बोकेर नर्सिङ र प्लस टु भन्दा माथिको पढाइ नेपालमा हुन नदिने उनी नै हुन् । तोसिमाकै कारण हाम्रा चेलीबेटी बोर्डरमा गएर असुरक्षित तरिकाले नर्सिङ पढ्नु परेको छ । यो देशमा नर्स र डाक्टर पढ्न पाइँदैन यिनीहरूको कारण । अस्ति खोइ सिमेन्ट उद्योग भनेर तोसिमाले प्रश्न गरेको सुनेँ । खोइ त मेडिकल उद्योग ? तपाईहरूले झुक्किएर उनलाई भोट दिनुभयो र धोका खानुभयो । उनले पुस मसान्तमा धेरैले आत्महत्या गर्ने भन्दै अब देश मारवाडीको कब्जामा गइसकेको आरोप समेत लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७