भारती खरेल पुरस्कार डा. गिरीलाई


१६ मंसिर २०८०, शनिबार
202312021720 4e0e3ae5 70ac 47b2 8c7d 5e57ee297f6a medium

काठमाडौँ । भारती खरेल प्रतिष्ठानले अध्यात्म साधनामा योगदान गरेबापत डा. स्वामी आत्मानन्द गिरि गलेश्वरधाम आश्रम देवघाटलाई यस वर्षको भारती खरेल पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठानद्वारा आज यहाँ आयोजित समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. वासुदेव त्रिपाठीले उनलाई ५१ हजार राशि नगदसहितको पुरस्कार र सम्मानपत्र प्रदान गरे । साहित्यकार स्व. भारती खरेलको ८६औं जन्म जयन्ती तथा ३१ औं स्मृति दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक प्रयागराज भट्टराई वाशिष्ठले सम्मानित व्यक्तित्वको परिचय र योगदानबारे प्रकाश पारे ।

प्रतिष्ठानका अध्यक्ष शैलेन्द्र साकारले अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ गजलकार प्राडा सनतकुमार वस्तीले साहित्यसेवी खरेलको सामाजसेवा र अध्यात्म साधनामा भएको योगदानको विभिन्न पाटो पक्ष तथा प्रकाशित कृतिबारे जानकारी दिए । विसं १९९५ मंसिर १६ गते जन्मिएकी खरेलको विसं २०४९ साउन ४ गते निधन भएको थियो ।

विसं २०४९ मा पति समाजसेवी चद्रिकानन्द खरेल र छोरा गायक दीपक खरेललगायत पुरस्कारका लागि अक्षयकोष र प्रतिष्ठान स्थापना गरेका हुन् । प्रतिष्ठानले यसअघि विभिन्न सात संस्था, १५ साहित्यकार, चार समाजसेवी र पाँच अध्यात्म साधकलाई यो पुरस्कार प्रदान गरिसकेको छ । स्व खरेलका गङ्गा–जमुना, एउटी आमाको कथा, भजन भारती तथा नवरत्नलगायत नौ कृति प्रकाशित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७