नयाँपुस्ताले नेतालाई गाली गरेर जीन्दगी बिताउने काम गर्न हुँदैन : घनश्याम भुसाल


१६ मंसिर २०८०, शनिबार
Ghana shyam

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेताहरुलाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन् ।

अबको नयाँ पुस्ताले नेताहरुलाई गाली गरेर जिन्दगी बिताउने काम गर्न नहुने महासचिव भुसालले तर्क गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘नेपाली समाजको मुख्य अन्तरबिरोध’ विषयक विचार गोष्ठीमा बोल्दै उनले मुलुकको राजनीति नेताहरुले बिगारेको भए पनि नयाँ पुस्ताले उनीहरुलाई गाली गरेर आफ्नो औचित्य पुष्टि गर्न नसक्ने पटक दोहोर्‍याए ।

महासचिव भुसालले मार्क्सवादको झण्डा नेताहरुले पपुलिष्टहरुलाई लगेर बुझाएकाले समाजवाद निर्माणका लागि फेरि माक्सवादी पद्धतिमै फर्कनुको विकल्प नभएको बताए । उनले भने, ‘अहिले राजनीतिको जुन हावा चलेको छ । हावा चल्नुको केही खास कारण छन् । किनभने राजनीति हामीले नै बिगार्‍यौं । माथि गएकाले बिगार्‍यौं । यो क्रान्तिको झण्डा पपुलिष्टहरुलाई लगेर बुझाएको हामीहरुले नै हो, हाम्रा नेताहरुले नै हो । अब इतिहासमा यी नेताहरुलाई गाली गरेर कुने जेनेरेशनले आफ्नो पिँढीको औचित्य पुष्टि गर्न सक्दैन । अब नेतालाई गाली गर्ने समय पनि सकियो होला । यो गाली मात्रै गर्दाखेरी त हाम्रो जीन्दगी गाली गरेर मात्रै जाने भयो । त्यसो हुनाले यो च्याप्टर क्लोज गरिदिऊँ ।’

महासचिव भुसालले मुलुकमा सामन्तवाद नभएको तर पनि कम्युनिष्ट नेताहरुले त्यसैमाथि प्रहार गर्ने गरेको भन्दै त्यस्तो बिडम्बनापूर्ण अवस्थाको अन्त्य गर्नुपर्ने दोहोर्‍याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७