हमासले भन्यो : गाजामा मृत्यु हुनेको संख्या २४० पुग्यो


०७:३५ बजे

गाजा स्ट्रिप । गाजा पट्टीमा रहेको हमास सरकारले शनिबार प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २४० जनाको मृत्यु भएको बताएको छ ।

सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गाजा पट्टीमा जताततै सयौं हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी भएको छ । थप ६५० जना घाइते भएका छन् ।’

हमास सरकारका अनुसार इजरायली सेनाले विशेष गरी खान युनिसलाई लक्षित गर्दै दर्जनौं घरहरू ध्वस्त पारेको छ । गाजा क्षेत्रमा युद्धविराम सकिएलगत्तै आक्रमणलाई तीव्र पारिएको छ । एएफपी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७