टाटा मोटर्सको म्याक्सचेञ्ज मेला जारी, जुनसुकै पुरानो गाडीसँग नेक्सन ईभी साट्न पाइने


१६ मंसिर २०८०, शनिबार
MaXchange Mela 1

काठमाडौं । टाटा मोटर्स म्याक्सचेञ्ज मेला अहिले चलिरहेको छ । नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले म्याक्सचेञ्ज मेला आयोजना गरेको हो । कात्तिक १७ गतेदेखि टाटा मोटर्सको देशभरका शोरुममा मेला जारी रहेको हो ।

उक्त मेलामा ग्राहकले जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्ससँग साट्न सकिने जनाइएको छ । ग्राहक वर्गको परिवर्तित जीवन शैली र अत्याधुनिक सवारीहरूप्रतिको रुची तथा चाहनाहरूलाई मध्यनजर गर्दै यस मेला आयोजना गरिएको सिप्रदीले जनाएको छ ।

मेलामा निःशुल्क ईभी गाडीका लागि फास्ट चार्जर, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिने छ । साथै, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्रमार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरू रहेका छन् । यस म्याक्सचेञ्ज मेलाको अवसरमा ग्राहकले टाटा मोटर्स्को नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन, टेष्ट ड्राइभ तथा सट्टापट्टा गर्न सक्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७