एमाले दाङले १२ दिनमै बनायो २६ टहरा र विद्यालयका सात कक्षा कोठा


१६ मंसिर २०८०, शनिबार
a1 1

रुकुमपश्चिम । नेकपा एमाले दाङको स्वयंसेवक टोलीले भूकम्प प्रभावित रुकुमपश्चिमको आठविसकोट नगरपालिका १४ मा १२ दिनमै २६ वटा टहरा बनाएको छ ।

a 1

दाङ जिल्ला कमिटी र राष्ट्रिय युवा संघ घोराही कमिटीको संयुक्त टोलीले पाँच जना गुमाएको एक परिवार साथै अन्य चार परिवार गरी जस्तापातासहितको पाँच टहरा बनाएर हस्तान्तरण गरेको हो । त्यस्तै २१ परिवारको अस्थायी टहरा (जस्तापाता बाहेक) निर्माण गर्न मिसनमा खटिएका टोलीका संयोजक एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए ।
टोलीले एकापरिवारका पाँच जनाको मृत्यु भएकाको परिवार साथै बिरु मल्ल, जुद्ध नेपाली, गणेश एमसी र अतिराम मल्लकोमा टिनसहितको टहरा बनाएर हस्तान्तरण गरेको छ ।

a2 1

जनविकास मावि टाकुराको क्षतिग्रस्त ६ वटा कोठाको भग्नावशेष हटाइ सात वटा नयाँ कक्षा कोठा निर्माण गरिएको छ । अन्य १७ घरको भग्नावशेष हटाइएको स्वयंसेवक टोलीमा रहेका युवा संघ लुम्बनीका सदस्य राकेश बुढाथोकी ‘गोल्डेन’ ले जानकारी दिए । भूकम्पले २९ जनाको ज्यान लिएको आठविसकोट नगरमा दाङ पार्टी र युवा संघको २८ जनाको स्वयंसेवक दस्ता १२ दिनदेखि खटिरहेको छ ।

a3 1
a3 2
a5 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७