देशको ध्यान तानिरहेको एमालेको ‘लङ मार्च’ (हेर्नुहोस् छानिएका तस्बिरहरु)


१६ मंसिर २०८०, शनिबार
CPNUML Long march KP Sharma oli Nepal 15

काठमाडौं : १६ अक्टुबर १९३४ मा चीनको जियान्सीस्थित रुईजिन र गुचेङ इलाकाबाट ८६ हजार पुरुष र महिलाले लङ मार्च सुरु गरेका थिए । ‘लङ मार्च’को नेतृत्व माओत्से तुङ, झोउ इन्लाई, देङ सियाओपिङ, झु दि, पेन्ग देहुआई र लिन बियाओले गरेका थिए । यो अभियानले चीनमा धर्मराउँदो कम्युनिष्ट आन्दोलनलाई पुनर्जीवन दियो । चीनको कम्युनिष्ट पार्टीमा माओत्से तुङको नेतृत्वलाई झनै बलियो गरी नयाँ उचाईमा स्थापित गरायो ।

उही झल्को दिने गरी नेकपा (एमाले)ले १४ मंसिरबाट ‘लङ मार्च’ सुरु गरेको छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सूदुरपश्चिमको बैतडीस्थित भारतीय सीमा क्षेत्र झुलाघाटबाट झन्डोतोलन गरेर सुरु गरेको ‘लङ मार्च’ शनिबार सूदुरपश्चिमको अछाम पुगेको छ ।

एमालेको यो ‘लङ मार्च’को नाम दिइएको छ, ‘झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिको लागि संकल्प यात्रा’ । सूदुरपश्चिममा स्थानीय जनताहरुको उत्साहपूर्ण सहभागितापछि एमालेका नेताहरु हौसिएका छन् ।

यात्रामा एमाले र अध्यक्ष ओलीप्रति सर्बसाधरण, पार्टी कार्यकर्ताहरुको गहिरो क्रेज देखिएको रिपोर्टिङ्गका लागि यात्रामा सहभागी प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले बताए । उनले भने, ‘अध्यक्ष ओलीको नेतृत्वमा एमालेले देशको स्वाधीनताको रक्षा र समृद्धिको नेतृत्व गर्छ भन्ने गहिरो विश्वास र भरोषा आम सर्बसाधरणहरुमा देखिन्छ ।’

हेर्नुहोस् छानिएका तस्बिरहरु :-

CPNUML Long march KP Sharma oli Nepal 15 1
CPNUML Long march KP Sharma oli Nepal 13
CPNUML Long march KP Sharma oli Nepal 1
CPNUML Long march KP Sharma oli Nepal 12
CPNUML Long march KP Sharma oli Nepal 11
CPNUML Long march KP Sharma oli Nepal 2 1
CPNUML Long march KP Sharma oli Nepal 20
CPNUML Long march KP Sharma oli Nepal 16
CPNUML Long march KP Sharma oli Nepal 5
CPNUML Long march KP Sharma oli Nepal 6
CPNUML Long march KP Sharma oli Nepal 17
CPNUML Long march KP Sharma oli Nepal 8
CPNUML Long march KP Sharma oli Nepal 4
CPNUML Long march KP Sharma oli Nepal 19
CPN UML
CPN UML 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७