तनहुँमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु, पति र दुई छोरा घाइते


१०:३५ बजे

तनहुँ । ट्रकले ठक्कर दिँदा तनहुँमा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा मृतक महिलाका पति र दुई छोरा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार भीमाद नगरपालिका–९ थामडाँडा निवासी २६ वर्षीया सुकमाया विकको ट्रकको ठक्करबाट मृत्यु भएको हो । दमौलीबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकललाई ट्रकले म्याग्दे गाउँपालिका–६ मौरीबजारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक विकका श्रीमान् रामचन्द्र विक, छोरा तीन वर्षीय छोरा सुमन र छ वर्षीय गुराँस घाइते भएका छन् । घाइते तीनै जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७