आर्सनललाई चार अंकको अग्रता, म्यानचेस्टर युनाइटेड न्यूक्यासलसँग पराजित


१७ मंसिर २०८०, आईतवार
ars 92y1OjsK70

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले चार अंकको अग्रता बनाएको छ । हिजो भएको खेलमा उल्भ्सलाई २–१ गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा यथावत छ । आर्सनलका बुकायो साका र मार्टिन ओडिगार्डले गोल गरे । दोस्रो हाफमा खेल सकिन ४ मिनेट बाँकी छँदा उल्भ्सका म्याथ्यु चुन्हाले एक गोल फर्काए ।

आर्सनलको १४ खेलमा ३३ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको १३ खेलमा २९ अंक रहेको छ । प्रिमियर लिगमा गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भयो । युनाइटेडलाई न्यूक्यासलले १–० गोलले हराएको हो ।

अरु खेलमा बे्रन्टफोर्डले लुटन टाउनलाई ३–१ गोलले, बर्नलीले सेफिल्ड युनाइटेडलाई ५–० गोलले र एभर्टनले नटिङघम फरेस्टलाई १–० गोलले हराएको छ । प्रिमियर लिगमा आज पाँच खेल हुँदैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७