इजरायलले युद्धविरामका वार्ताकारहरूलाई भन्यो–छिट्टो कतारबाट फर्क


०७:३२ बजे

काठमाडौँ । युद्धविराम वार्ता गतिरोधमा पुगेपछि इजरायली गुप्तचर अधिकारीहरूलाई कतार छाड्न आदेश दिइएको गुप्तचर एजेन्सी मोसादले जनाएको छ ।

इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ– मोसाद प्रमुख डेभिड बर्नियाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निर्देशनमा आफ्नो टोलीलाई कतारबाट इजरायल फर्कन भनेका छन् । अगाडि भनिएको छ– आतंकवादी संगठन हमासले सम्झौताको आफ्नो अंश पूरा गरेको छैन ।

यसमा हमासलाई दिइएको सूचीनुसार सबै बालबालिका र महिलाको रिहाइ सुनिश्चित गर्ने कुरा पनि पर्छ । कतारले हमास र इजरायलबीच युद्ध सुरु भएदेखि नै मध्यस्थता गरिरहेको छ । हालसालै, यसले एक हप्ता लामो अस्थायी युद्धविराम, यसको दुई पटक विस्तार र उक्त अवधिमा बन्धकहरूको रिहाइमा महत्वपूर्ण भूमिका खेलेको छ । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७