प्रधानमन्त्री आज साँझ यूएईबाट स्वदेश फर्किने


०८:०४ बजे

काठमाडौं । विश्व जलवायु शिखर सम्मेलन (कोप–२८) मा सहभागी हुन यूएईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (आइतबार) स्वदेश फर्किदै छन् ।

प्रधानमन्त्री फ्लाई दुबईको विमानमार्फत् साँझ ६ बजे काठमाडौं आइपुग्ने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । उनका अनुसार प्रधानमन्त्रीले कोप सम्मेलनको उपलब्धिबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी जानकारी गराउने छन् ।

प्रधानमन्त्री गत १३ गते यूएई गएका थि ए। शनिबार कोेप २८ मा सम्बोधन गर्दै उनले बढ्दो तापमानका कारण हिमताल फुट्ने खतरा रहेको बताए । उनले नेपालले जलवायू परिवर्तनमा भोगिरहेको समस्याबारे विश्व समुदायको ध्यानाकर्षण गराउँदै सहयोग माग गरे ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७