सांसद खड्का चढेको गाडी दुर्घटना : धरान–धनकुटा सडक नै अवरुद्ध, यात्रु अलपत्र


११:११ बजे

धनकुट । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री दीपक खड्का चढेको गाडी धनकुटामा दुर्घटना हुँदा धरान–धनकुटा सडक नै अवरुद्ध बनेको छ । खड्का सवार स्कोरपियो गाडी टिपरसँग ठोकिएर सडकमै थन्किएपछि सडक अवरुद्ध भएको हो । अर्को पनि दुर्घटना एकै ठाउँमा हुँदा तीन वटा गाडी सडकमै रहेकाले सडक अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् ।

संखुवासभाको चैनपुरबाट विराटनगर जाँदै गरेको प्रदेश नं.१–०२–००२ च ३५४५ नम्बरको स्कर्पियो गाडी धनकुटाको साँगुरीगढी गाउँपालिकाको कोलबोटेमा इटहरीबाट धनकुटा आउँदै गरेको प्रदेश नं.२–०३–००१ क १५२१ नम्बरको टिपरसँग ठोकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख कृष्ण कोइरालाले जानकारी दिए ।

सडकबाट दुर्घटनाग्रस्त गाडी र ट्रक निकाल्न समस्या भएका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक खुलाउने प्रयास भई रहेको जनाएको छ । शनिबार साँझ खड्का सवार गाडी दुर्घटना भएको थियो । दुर्घटनामा उनीसहित दीपक लिम्बू, लभकुमार श्रेष्ठ र चालकसहित पाँच जना सवार गाडी थिए । घाइते हुनेमा टिपरका सहचालक सर्लाहीका २२ वर्षीय देवेन्द्र कुसवहाको उपचार भई रहेको छ भने बाँकी सामान्य छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७