एमालेको ‘संकल्प यात्रा’ को स्वागतमा झकिझकाउ राकम कर्णाली (फोटो फिचर)


१७ मंसिर २०८०, आईतवार
1

दैलेख । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने आमसभाका लागि दैलेखको राकम कर्णाली ध्वजापतकाले रङ्गिएको छ । एमाले केन्द्रीय कमिटीले यहि मंसिर १४ गते बैतडीको झुलाघाटदेखि सुरु गरेको ‘महाकाली–मेची समृद्धिका लागि संकल्प यात्रा’ चौंथो दिन अभियान कर्णाली प्रवेश गर्ने द्धारका रुपमा रहेको राकम कर्णालीमा हुने कार्यक्रमको अवसरमा एमालेले राकमलाई रंग्याएको हो ।

2 1

‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ मा पार्टीका अध्यक्ष ओलीसहित पार्टीका केन्द्रीय नेताहरु आउने भएपछि एमाले कर्णालीका नेता–कार्यकर्ताहरुले निर्माण गरेका स्वागतद्धार, तोरण र झण्डाले राकम कर्णाली झकिझकाउ भएको हो ।

3

‘सुदूरपश्चिम प्रदेशको अछामसँग जोडिएको राकम कर्णाली अरु समयभन्दा निकै फरक देखिने दैलेखको राकम कर्णाली यो पटक तारा झण्डा, ब्यानर र स्वागत द्धारले रङ्गिएको छ’, आठविस नगरपालिका–५ दैलेखका पदम माझीले भने, ‘कार्यक्रम हुने प्रचार भएदेखि व्यापारिक रुपमा समेत सामान्य राकममा चहलपहल ह्वात्तै बढेको छ ।’

4

राकमका कुनै पनि होटल खाली नरहेको जानकारी दिंदै माझीले एमालेको अभियानले कार्यकर्ता मात्रै होइन मन्द भएको मध्य पहाडको अर्थतन्त्र समेत चलायमान भएको बताए । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुन कर्णालीको कालिकोट, दैलेख जुम्ला, सुर्खेत र सुदूरपश्चिमको अछाम, बाजुराका जनताको समेत उपस्थिति हुने एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहले जानकारी दिए ।

5

आज बिहान १० बजे हुने कार्यक्रममा देउडा खेल, हुड्के नाच र विभिन्न साँस्कृतिक झाँकीहरुको प्रस्तुति राखिएको छ । आमसभाको तयारीका लागि एमाले सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य तथा दैलेख जिल्ला इन्चार्ज यामलाल कँडेल, प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाह, पोलिटव्युरो सदस्य, केन्द्रीय सदस्य, प्रतिनिधिसभा र प्रदेशसभाका सांसद, पार्टीका प्रदेश कमिटी, जिल्ला कमिटिका पदाधिकारी र सदस्य, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु राकम कर्णालीमा केन्द्रीत भएका छन् ।

7

बैतडी जिल्लाको झलाघाटबाट सुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ मा सहभागी भएका एमाले अध्यक्ष ओली नेतृत्वको केन्द्रीय टोली अछामको सदरमुकाम मंगलसेन पुगेको छ । बिहान मध्यपहाडि लोकमार्गमा पर्ने विभिन्न वस्तीहरुमा गरिने स्वागत ग्रहरण र भेटघाट गर्दै टोली १० बजे कर्णालीको राकम पुग्ने कार्यक्रम रहेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७