दुई मोटरसाइकल जुध्दा सडकमा उछिटिएका युवकलाई बसले किच्यो


११:१६ बजे

सर्लाही । सर्लाहीको बागमतीमा बसले ठक्कर दिंदा एक युवकको ज्यान गएको छ । शनिबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका–४ पुरानो चौकीमा दुई मोटरसाइकल ठक्कर खाँदा उछिट्टिए सडकमा उछिटिएका युवकलाई बसले किचेको हो ।

मृतक युवकको अझै सनाखत नभएको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । तीव्र गतिमा रहेको प्र२ ०३ ००६ प ६७ मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल आपसमा जुध्दा प्र२ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलमा सवार युवक सडकमा खसेका थिए ।

त्यहीबेला मलंगवाबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ ख १८३६ नम्बरको बसले किच्दा युवकको घटनास्थलमै मृत्यु भएको सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए । दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा परेको मोटरसाइकलका चालक भागेका कारण मृतक युवकको सनाखतमा समस्या परेको डीएसपी पञ्जियारले बताएका छन् । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७