टाटा म्याक्सचेञ्ज मेलाको आज अन्तिम दिन, ग्राहकको उत्साहजनक सहभागिता


१७ मंसिर २०८०, आईतवार
MaXchange Mela oapfjmVEQ0 1

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रालिले आयोजना गरेको म्याक्सचेञ्ज मेलाको आज (आइतबार) अन्तिम हो ।

आफूसँग भएको गाडी एक्सचेञ्ज गरेर टाटा कार किन्न इच्छुक ग्राहकलाई लक्षित गरिएको मेलामा उत्साहजनक सहभागिता रहेको पाइएको छ । मेलामा विशेष गरी नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स गाडी किन्न चाहनेहरुको सहभागिता धेरै देखिएको छ ।

मंसिर १५ गतेदेखि शुरु भएको म्याक्सचेञ्ज मेला आज आइतवारसम्म थापाथली, सल्लाघारी लगायत नेपालभरीको सबै टाटा मोटर्सको शोरुमहरुमा आयोजना भइरहेको छ । आज मेलाको अन्तिम दिन टाटा कारको शोरुममा गएर टाटा नेक्सन म्याक्स गाडी किन्दा पाइने आकर्षक स्किमको फाइदा उठाउन पनि कम्पनीले अनुरोध गरेको छ ।

म्याक्सचेञ्ज मेलामा निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ । साथै प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर, हरेक दिन लक्की ड्र मार्फत स्मार्ट वाच र बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका छन । म्याक्सचेञ्ज मेलामा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ पनि गर्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७