ट्रकको ठक्करबाट मेजर गणेश राईको निधन


१०:२४ बजे

बेलायत । बेलायतमा भएको सवारी दुर्घटनामा परी मेजर गणेश राईको निधन भएको छ । बुधबार (नोभेम्बर २९) का दिन दिउँसो करिब सवा १ बजे एमथ्री जक्सन फाइब हुन नजिकै भएको दुर्घटनामा उनको निधन भएको हो ।

राईले हाँकिरहेको बीएमडब्ल्यू र अर्को कार ठोक्किएपछि दुवै कार मूलबाटो छोडेर किनारामा रोकिएको थियो । आफ्नो कारबाट बाहिर निस्केको बेला मालबाहक ट्रकले हानेर राईको मृत्यु भएको बेइजिङस्टक गजेटले जनाएको छ । प्रहरीले घटनाबारेमा सिसिटिभी फुटेज कसैसँग भए उपलब्ध गराउन अपिल गरेको छ ।

पुर्ख्याैली घर भोजपुर भएका आर्मी नम्बर २११६८८६० का ५० वर्षीय राई टुआरजीआरमा कार्यरत थिए । ३२ वर्ष सेवा गरेपछि उनी केही महिनाअघि मात्र सेवाबाट अवकास पाएका थिए । उनी हाल ब्राकनेलमा बस्दै आएका थिए । राईको श्रीमती र दुई छोरी छन् ।

किरात राई यायोख्याका कार्यबाहक महासचिव ईश्वर चाम्लिङ राईका अनुसार मेजर गणेश राई कला, साहित्य र संगीत भनेपछि हुरुक्क हुन्थे । राईमा आफै बजाउने, गाउने र नाच्ने बहुमुखी प्रतिभा थियो । आपसमा फरक–फरक विचार भए पनि सबैलाई काम गर्न सक्ने साझा मञ्च बनाउन सकिन्छ भन्ने विचार राईमा रहेको चाम्लिङ सम्झिन्छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७