त्रिभुवन विमानस्थलमा यात्रुले बोकेको लगेजमा आगलागी


१७ मंसिर २०८०, आईतवार
fire

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षा हलमा आगलागी भएको छ । आइतबार बिहान चिनियाँ नागरिकले बोकेको लगेजमा आगलागी भएको डीआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिए ।

उनका अनुसार चीन जानका लागि बोर्डिङ पास सकेर प्रतिक्षा हलमा बसिरहेका चिनियाँ नागरिकले बोकेको लगेजमा एक्कासी आगलागि भएको हो । लगेजमा ल्यापटप, पावर बैंकले चार्ज गरी राखिएको थियो । लगेजमा लागेको आगो तत्कालै निभाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७