अन्जिला र गीता आई लिग खेल्न भारत प्रस्थान


१७ मंसिर २०८०, आईतवार
anjila

काठमाडौँ । महिला आई लिग खेल्न नेपाली राष्ट्रिय टोलीका दुई खेलाडी भारत प्रस्थान गरेका छन् । नेपाली राष्ट्रिय टोलीकी कप्तान तथा गोलरक्षक अन्जिला तुम्बाप्पो सुब्बा र रक्षक गीता रानामगर आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । उनीहरूले सेथु एफसीबाट लिग खेल्ने छन् ।

अन्जिलाले दोस्रोपटक सेथुबाट लिग खेल्न लागेकी हुन् । उनी गत सिजन पनि सेथुमा आबद्ध भएकी थिइन् । उनको टोलीले गत सिजन सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । तर, फाइनल प्रवेशका लागि भएको खेलमा सेथु किक स्टार्ससँग पराजित भएको थियो ।

गीता पनि दोस्रो पटक सेथुसँग आबद्ध भएकी हुन् । उनी गत संस्करणमा सेथुसँग आबद्ध भएकी थिइन् । तर, खुट्टाको चोटको कारण उनले लिग गुमाइन् । गत वर्ष अन्जिलासहित सावित्रा भण्डारी र अनिता बस्नेत, पूर्वकप्तान रेनुका नगरकोटी, रेखा पौडेल र सरु लिम्बुले लिग खेलेका थिए ।

सावित्राले गोकुलम केरलाबाट खेलेकी थिइन् । यस्तै, रेनुका र सरुले किकस्टार्ट एफसी तथा रेखाले स्पोर्ट्स ओडिसाबाट खेलेकी थिइन् । अनिताले भने नयाँ टोली लर्ड्स एफबाट खेलेकी थिइन् । रेनुका र अनिता बाहेक सबै खेलाडीले पहिलो रोजाईमा खेल्ने अवसर पाएका थिए । यी दुई खेलाडीले भने वैकल्पिक रूपमा मैदानमा उत्रिने अवसर पाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७