एमाले महासचिव पोखरेल भन्छन्–अभियानले सुदूरपश्चिमको विकास र समृद्धिबारे अध्ययन गरेको छ


०७:२४ बजे

दैलेख । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले सञ्चालन गरेको महाकाली–मेची संकल्प पदयात्रा अभियानले सुदूरपश्चिमको विकास र समृद्धिबारे अध्ययन गरेको बताएका छन् ।

सुदूरपश्चिमबाट कर्णाली प्रदेश प्रवेश गर्ने क्रममा आयोजित अभियानको झण्डा हस्तान्तरण कार्यक्रममा महासचिव पोखरेलले विकास र राष्ट्रिय नीतिको बहिष्करणमा परेको सुदूरपश्चिम प्रदेशको समृद्धिका लागि राज्यले गर्नुपर्ने कामका बारेमा स्थलगत अध्ययन गर्ने काम गरेको उल्लेख गरे ।

‘यही मंसिर १४ गते बैतडीको झुलाघाटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डोत्तोलन गरेर शुरु भएको अभियान बैतडी, डडेल्धुरा, डोटी, अछाम हुँदै कर्णाली आइपुगेको छ’, महासचिव पोखरेलले भने, ‘यसक्रममा हामीले सुदूरपश्चिमको विकास र समृद्धिको सम्भावनाको खोजी गर्ने, एमालेका बारेमा जनस्तरमा छरेका भ्रमहरु चिर्ने, सुदूरपश्चिमका नागरिकसँग भलाकुसारी गर्ने काम गरेका छौं ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७