नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रारा विमानस्थलमा ग्राउण्डेड


१७ मंसिर २०८०, आईतवार
nepal airlines

मुगु । नेपालगञ्जबाट रारा विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रारा बिमानस्थलमा ग्राउण्डेड भएको छ ।

नेपाल एयरलाइन्सको नाइन एनएबीयु कल साइन भएको विमान तीन जना यात्रु र चालक दलसहितको बिहान ११ बजे रारा विमानस्थल पुगेको थियो । त्यहाँबाट १३ जना यात्रु लिएर नेपालगञज उडान गर्न लाग्दा जहाजको ब्याट्रीमा समस्या भएपछि ग्राउण्डेड भएको हो ।

जहाजमा समस्या आएपछि तत्कालै तारा एयरलाइन्सको जहाजमा नेपालगन्जबाट इन्जिनियर झिकाएर जहाजको समस्या जाँच गरिएको थियो । त्यस क्रममा जहाजको ब्याट्रीमा समस्या देखिएकाले नेपालगञजबाट ब्याट्री झिकाएपछि सोमबार नेपालगञ्जका उडान हुने नेपाल एयरलाइन्स रारा विमानस्थलका नेत्र भामले जानकारी दिए । उक्त एयरलाइन्सबाट नेपालगञ्ज जाने १३ जना यात्रुहरु ताल्चाको होटलमा बसेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७