प्रतिगमनतिर फर्कने कुरा गर्ने देशद्रोही हो : अध्यक्ष ओली


०७:४५ बजे

कालिकोट । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेहरुबाट सचेत हुनुपर्ने बताएका छन् ।

समृद्धिका लागि सङ्कल्प यात्रामा निस्किएका ओलीले आज दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै गणतन्त्रलाई उल्टाउने कुरा गर्नेको कुचेष्टा सफल नहुने बताए । ‘आज कोही प्रतिगमनतिर फर्कने कुरा गर्दैछ भने त्यो देशद्रोही हो । त्यो लोकतन्त्र विरोधी हो’, उनले भने, ‘त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो ।’

लोकतन्त्रको बिरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको अध्यक्ष ओलीको भनाइ छ । ‘त्यो नेपाल र नेपालीको हित विपरीतको कुरा हुन्छ’, उनले भने, ‘नागरिकसँग भेटौँ र पार्टीका सन्देश जनताबीचमा पु¥याऔँ, नागरिकका कुरा सुन्न सकौँ भनेर एमालेले पूर्वपश्चिम मध्यपहाडी लोकमार्ग अभियान चलाएको छ ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७