कोप–२८ मा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता (तस्वीरहरु)


१७ मंसिर २०८०, आईतवार
Prachanda GgU68ClY7s

काठमाडौँ । संयुक्त राष्ट्र संघीय वातावरण सम्मेलन (कोप–२८) मा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज ( आइतबार) साँझ स्वदेश फर्किएका छन् । गत बुधबार यूएई प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड आफ्नो पाँच दिने कार्यक्रम सकेर आज साँझ काठमाडौँ अवतरण गरेका हुन् ।

PRO KTM 6F8A9368

उनलाई विमानस्थलमा सभामुख देवराज घिमिरे, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले स्वागत गरेका छन् । १४–१६ मंसिरमा भएको सो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्बाट वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो पनि त्यसतर्फ प्रस्थान गरेका थिए ।

PRO KTM 6F8A9373

प्रधानमन्त्री प्रचण्डले शनिबार कोप–२८ सम्मेलनलाई सम्बोधन गर्दै ‘नेपालमाथिको अन्याय रोकिनु पर्ने’ बताएका थिए । त्यसअघि शनिबारै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखलाई निम्त्याएर गोलमेच बैठक आयोजना गरेका थिए । आइतबार उनको संयुक्त राष्ट्रसंघका महासचिप एन्टोनियो गुटेरेससँग पनि भेट भएको थियो ।

RS KTM
RS KTM 20231203190658 RATL0933
RS KTM 20231203190659 RATL0935

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७