दुबईबाट फर्केर प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषद पुनर्गठनको कुरा दिमागमै आएको छैन’


०७:०१ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको मन्त्रिपरिषद तत्काल पुनर्गठन नहुने स्पष्ट पारेका छन् ।
यूएईमा आयोजित जलवायु सम्मेलनमा सहभागी भएर आज (आइतबार) साँझ फर्केपपछि त्रिभुवन विमानस्थलमा पत्रकारमाझ उनले यस्तो मन्त्रिपरिषद पुनर्गठनको कुरा आफ्नो दिमागमा नआएको बताएका हुन् ।

प्रधानमन्त्रीलाई पत्रकारले नेपाल फर्किने बित्तिकै तपाईंले मन्त्रीमण्डलमा व्यापक हेरफेर गर्ने चर्चा चलिरहेको छ नि भनेर सोधेका थिए । उक्त चर्चालाई प्रधानमन्त्रीले अस्वीकार गरेका हुन् । उनले भने, ‘योबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ । तर, तत्काल केही हुनेवाला छैन ।’ प्रधानमन्त्रीले आफ्नो यूएई भ्रमण अभूतपूर्व सफल भएको र नेपालले चौतर्फी प्रशंसा कमाएको दाबी गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७