जन्ममिति विवादकाबीच अशोक सिग्देल रथीमा बढुवा सिफारिस, नौं महिनापछि बन्दै प्रधानसेनापति


१८ मंसिर २०८०, सोमबार
Ashok sigdelsena

काठमाडौँ । जन्म मितिको विवादकाबीच नेपाली सेनाका उपरथी अशोक सिग्देलको रथी पदमा बढुवाका लागि सिफारिस भएका छन् । जङ्गी अड्डाले उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको हाे । सिग्देललाई रथीमा बढुवा गर्न आइतबार रक्षा मन्त्रालयमा सिफारिस गरिएको सेनाका एक जना उच्च अधिकृतले जानकारी दिए ।

रथी सीताराम खड्काको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सिग्देलको नाम सिफारिस गरेको हो । ताराध्वज पाण्डेको राजीनामापछि उनी भावी प्रधानसेनापति बन्ने दौडधुपमा लागेका छन् । रथीमा बढुवा भएमा उनी ९ महिनापछि प्रधानसेनापति हुनेछन् । तर नागरिकता र शैक्षिक प्रमाणपत्रमा दुईथरी जन्ममिति भेटिएपछि उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

जङ्गी अड्डाले मंसिर ८ मा उनलाई बढुवा गर्नेबारे सूचना प्रकाशन गरेको थियो । सूचना प्रकाशन गरेको ७ दिनपछि सिफारिस गर्ने कानुनी व्यवस्था छ । सिफारिस पछि मन्त्रिपरिषद्ले बढुवा, नियुक्तिको निर्णय गर्नुपर्छ । यसअघि बढुवा सिफारिसका लागी जङ्गी अड्डाले सूचना निकालेपछि उपरथी ताराध्वज पाण्डेको उमेर विवाद सतहमा आएपछि उनले राजीनामा दिए । पाण्डेको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७