म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा लिभरपुल दोस्रो स्थान उक्लियो


१८ मंसिर २०८०, सोमबार

काठमाडौं । इङलिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले टोटेनहमसँग ३–३ गोलको रोमाञ्चक बराबरी खेलेको छ । गए राति सिटीको इतिहाद रंगहालामा भएको खेलको सुरुवातमा एक गोलले पछि परेको सिटीले बराबरी खेलेको हो ।

बराबरीसँगै लिगको दोस्रो स्थानमा जाने सिटीको अवसर गुमेको छ । खेलको छैटौं मिनेटमा नै सन ह्युङ मिनले टोटेनहमलाई आग्रता दिलाएका थिए । त्यसको ३ मिनेट पछि नै सनले आत्मघाति गोल गरेपछि खेल पुनः बराबरीमा आएको हो ।
पहिलो हाफको ३१ औं मिनेटमा भने फिल फोडेले सिटीलाई अग्रता दिलाए ।

६९ औं मिनेटमा लो सेल्सोले गोल गर्दा २–२ गोलको बराबरी भएको खेललाई ८१ औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलमा इन्ज्युरी समय मात्र बाँकी रहेको अवस्थामा कुलुसेभ्स्कीले गोल गरेपछि सिटी घरेलु समर्थकमाझ एक अंक बाँड्न बाध्य भएको हो ।

यो बराबरीसँगै ३० अंक जोडेको सिटी लिग तालिकाको तेस्रो स्थानमा छ भने टोटेनहम पाँचौ स्थानमा छ । गए राति नै भएको खेलमा लिभरपुलले फुलह्ममलाई ४–३ ले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यस्तै गए राति नै भएको खेलमा चेल्सीले ब्राइटनलाई हराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७