सातौँ दक्षिण एशियाली कराते : २९ स्वर्णसहित नेपाल च्याम्पियन


१८ मंसिर २०८०, सोमबार
GAdtgMNaoAAtEzA

काठमाडौँ । घरेलु मैदानमा सम्पन्न सातौँ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा आयोजक नेपाल च्याम्पियन बनेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न च्याम्पियनसिपमा नेपालले कुल २९ स्वर्ण, २४ रजत र ५ कास्य पदक जित्दै च्याम्पियन बनेको हो ।

२३ स्वर्ण, २२ रजत र १६ कास्य पदक जितेको भारत उपविजेता बनेको छ । तेस्रो भएको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कास्य पदक जितेको छ । पाकिस्तानले ४ स्वर्ण, १ रजत र १६ कास्य पदक हात पारेको छ । २ कास्य पदक जितेको भुटान भने पदक तालिकाको पुछारमा रह्यो ।

नेपाल कराते महासंघको आयोजनामा भएको च्याम्पियनसिपको पहिलो दिन नेपालले १२ स्वर्ण पदक जितेको थियो । भारतले भने १६ स्वर्ण पदक हात पारेको थियो । दुई दिन चलेको च्याम्पियनसिपमा ६ देशका २ सय ३७ खेलाडीले क्याडेड, जुनियर, यु २१ र सिनियरमा स्पर्धा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७