इन्डोनेसियाको मारापी हिमालमा विष्फोट हुँदा ११ आरोहीको मृत्यु, १२ जना बेपत्ता


१८ मंसिर २०८०, सोमबार
indonesia2023 12 04 11 12 41

काठमाडौं । इन्डोनेसियाको माउण्ट मारापीमा ज्वालामुखी विष्फोट भएपछि ११ पर्वतारोहीको मृत्यु भएको छ भने १२ जना आरोही बेपत्ता भएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार आइतबार पश्चिम सुमात्रामा ज्वालामुखी विस्फोट हुँदा ७ हजार ५ सय व्यक्ति यस क्षेत्रमा रहेकोमा २६ जनालाई बाहिर निकालिएको थिएन । ’त्यहाँ २६ जना छन् जसलाई बाहिर निकाल्न सकिएको छैन, हामीले तीमध्ये १४ जनालाई फेला पारेका छौं, तीन जीवित र ११ मृत फेला परेका छन्,’ पडाङ खोज र उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भनेका छन् ।

सोमबार सोही क्षेत्रमा एक सानो ज्वालामुखी विष्फोट भएपछि उद्धारकर्मीहरूलाई कार्य गर्न कठिनाइ भएको र उद्धार कार्य केही समयलाई स्थगित गर्न बाध्य भएको खोज उद्धार एजेन्सीका प्रमुख अब्दुलले बताएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । माउन्ट मारापी ज्वालामुखीको खतरा रहेको इन्डोनेसियाको चार–चरणको चेतावनी दिइएको स्केल क्षेत्रमध्ये दोस्रो चेतावनी स्तरमा रहेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७