सुन अहिलेसम्मकै महँगो, तोलाकै एक लाख २१ हजार नाघ्यो


१८ मंसिर २०८०, सोमबार
Gold 2

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा लगातार दोस्रो दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको जनाएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला आठ सयले बढेर एक लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार मात्रै मूल्य प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला एक लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर एक लाख २१ हजार रुपैयाँ कायम भएको छ । सोमबार बजारमा चाँदी प्रतितोला एक हजार ५ सय ४५ रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७