दैलेखमा ओलीलाई भेट्दै राउटेले भने–जङ्गलमा जीविका चलाउन समस्या भयाको छ


१८ मंसिर २०८०, सोमबार
raute raja meet oli dailekh 2

दैलेख । लोपोन्मुख राउटे जातिका मुखिया सूर्यप्रकाश शाहीले जीविका चलाउनै संकट भएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली सामु सहयोगको याचना गरेका छन् ।

raute raja meet oli dailekh

‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेखको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने स्वागतका लागि बसेका शाहीले आफूहरूले बनाएका काठका केही सामान उपहार दिए । उपहार थाप्दै अध्यक्ष ओलीले राउटे मुखिया शाहीलाई आफूले लगाएको माला निकालेर लगाइदिए ।

राउटे समुदायको अस्तित्व बचाउँदै जीविकोपार्जनमा सहज गर्न, शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्‍याउन नीतिगत र कार्यक्रमका हिसाबले पनि सहयोग एमाले तयार रहेको ओलीले आश्वस्त पारे । स्वागत कार्यक्रममा आफ्नो समुदायको पुर्ख्यौली पेशा नै संकटमा परेका कारण बाँच्न पनि समस्या भएको भन्दै मुखिया शाहीले सहयोग माग्दै भेट्न आएको बताए ।

raute raja meet oli dailekh 1

उनले भने, ‘हामी प्रधानमन्त्री केपी ओली ज्यूलाई भेट्न आको (आएको) हामीलाई जंगल बस्न समस्या भयाको छ । ओली ज्यू ! काठमाण्डु गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै (धेरै) सहयोग गर्‍या अब पनि केही सहयोग गर्ना भनेर भेट्न आयाका (आएका) हौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७