निर्माण व्यवसायी परिषदले भूकम्प प्रभावितलाई ३० लाख सहयोग गर्ने


१०:५१ बजे

काठमाडौं । निर्माण व्यवसायी विकास परिषद्ले जाजरकोट भूकम्प प्रभावितलाई ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा सोमबार बसेको बैठकले राहत, पुनर्निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका सहसचिव रघुराम विष्टका अनुसार राहत र पुनर्निर्माणका लागि २५ लाख र विद्यालयमा शैक्षिक सामग्रीका लागि ५ लाख दिने निर्णय हो । निर्णय भएको रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा हुने उनले बताए ।

भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यान पुगेर फर्केलगत्तै मन्त्री ज्वालाले परिषद्को बैठक बोलाएका थिए । मन्त्री ज्वालाले यसअघि डेढ महिनाको पारिश्रमिक दिने घोषणा गरेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सहसचिवले तीन दिन, उपसचिव र अधिकृतले दुई दिनको तलब दिने निर्णय गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७