मेरो सल्लाहकार नै वैज्ञानिक : प्रधानमन्त्री प्रचण्ड


०७:४८ बजे

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा सहभागी भएर हिजो (आइतबार) साँझ स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) कार्यक्रमबारे ‘मिडिया ब्रिफिङ’ गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग भएको कुराकानीका क्रममा उनले कोप–२८ मा नेपालले निभाएको भूमिका, पहिलो पटक भएको गोलमेच सम्मेलन र नेपालको प्रस्तुति लगायतबारे जानकारी गराए । छलफलमा सहभागी एक सम्पादकले उनलाई कोप–२८ सम्मेलनमा वैज्ञानिक खोई ? भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा प्रधानमन्त्रीले भने, ‘मेरो सल्लाहकार नै साइन्टिस्ट हो ।’

उनले कोप–२८ मा नेपालको प्रस्तुतिले सहभागी सबै मुलुकको कान ठाडा भएको दावी समेत गरेका छन् । उनले यो सम्मेलनपछि नेपालले आर्थिक लाभ पाउने पनि दाबी गरे । ‘ठूलै उपलब्धि हुुँदैछ । ऐतिहासिक सफलता मिल्दैछ,’ उनले भने, ‘हामीले छुट्टै गोलमेच गरेपछि पनि हस्तक्षेपकारी उपस्थिति भयो ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७