समाजमा अराजकता सिर्जना गर्ने दुर्गा प्रसाईंको प्रयास असफल भयो : प्रधानमन्त्री

‘बैंकमा ब्याज खाएर बस्ने अवस्था अन्त्य गर्छौ’


१८ मंसिर २०८०, सोमबार
prachanda media scaled
तस्वीर : प्रदीपराज वन्त / रासस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले समाजमा अराजकता सिर्जना गर्न खोजेको प्रयास असफल भएको बताएका छन् । अराजकता बढ्न नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको उनले बताएका छन् ।

सिंहदरबारमा आज मिडियाका सम्पादकहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले समाजमा अराजकता सिर्जना गर्ने प्रसाईंको प्रयास विफल भएको बताएका हुन् ।

प्रसाईंको आन्दोलनबारे प्रधानमन्त्री प्रचण्डले पहिलो पटक प्रतिक्रिया जनाएका हुन् । अहिलेको व्यवस्था परिवर्तन गरेर गरिबको ऋण मिनाहा गर्ने भन्दै प्रसाईंले मंसिर ७ देखि काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए । प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनभित्र कुनै समस्या नरहेको र बाँकी चार वर्षको कार्यकालसम्म कायम रहने दाबी गरे । सरकार अर्थतन्त्रका समस्या समाधान गर्न लागिपरेको उनले बताए । आइतवार मात्र यूएईबाट स्वदेश फर्केका प्रचण्डले आफ्नो विदेश भ्रमण सफल रहेको दाबी गरे । ‘अन्तर्राष्ट्रिय फोरमहरूमा नेपाल देखिन र सुनिन थालेको छ,’ उनले भने ।
‘बैंकमा ब्याज खाएर बस्ने अवस्था अन्त्य गर्छौ’
सरकारले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने भएको छ । सिंहदरबारमा सम्पादकहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले बैंकमा ब्याज खाएर बस्ने अवस्था अन्त्य हुने जानकारी दिएका छन् ।

‘बैंकमा ब्याज खाएर बस्ने अवस्था अन्त्य गर्ने सामाजिक सरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तयारी छ,’ प्रधानमन्त्री प्रचण्डले भने । उनले योगदानकर्तालाई शेयर दिने विषयमा आफूले सोचिरहेको पनि बताए । ‘एनआरएनएका साथीहरूले पनि यस्तो सुझाव दिएका छन्,’ उनले भने, ‘देशभित्र र बाहिरका श्रमिक आवद्ध भइरहेका छन् ।’ सामाजिक सुरक्षा कोषमा ७० देखि ८० खर्ब जम्मा भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७