विपिन जोशी जीवित छन्, छाड्ने विश्वास दिलाइएको छ : प्रधानमन्त्री


०८:०९ बजे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इजरायल आक्रमणका क्रममा प्यालेस्टाइनी विद्रोही समूह ‘हमास’ को नियन्त्रणमा लिएको भनिएका नेपाली युवा विपिन जोशी जीवित रहेको बताएका छन् ।

दुबईमा आयोजित कोप–२८ सम्मेलनमा सहभागी भएर आएपछि आज (सोमबार) सिंहदरबारमा मूलधारका मिडियाका सम्पादकहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले विपिन जोशीलाई रिहा गर्ने विश्वास दिलाइएको पनि जानकारी गराएका छन् । उनले भने, ‘सरकार आफै गएर ल्याउन सकिने अवस्था छैन तर सरकारले यसबारे पहल गरिरहेको छ ।’
‘टिकटक प्रतिबन्धबारे पुनर्विचार हुन्छ, अन्य सञ्जाल केही हुँदैनन्’
प्रधानमन्त्री ‘प्रचण्ड’ ले टिकटक बाहेकका अन्य सामाजिक सञ्जाल अहिले केही नहुने जानकारी दिएका छन् । उनले टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयप्रति पुनर्विचार हुने बताए । उनले सामाजिक सञ्जाल नियमनका लागि विधेयक ल्याउने तयारीमा रहेको पनि जानकारी गराएका छन् । ‘अन्य सामाजिक सञ्जाल केही हुँदैनन् । नियमनका लागि विधेयक आउँदैछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘टिकटकबारे पनि पुनर्विचार हुन्छ ।’

उनले अन्य सामाजिक सञ्जाल पनि नियमन गर्नुपर्ने राय आएमा आफू तयार भएको समेत बताएका छन् । टिकटकबारे हरेकजसो राजनीतिक दलका बैठकमा कुरा हुने गरेको र सबैभन्दा बढी प्रतिपक्षी दलबाट कुरा आउने गरेको पनि बताए । ‘कांग्रेस सभापति पनि कहिले बन्द गर्ने भनेर हरेक दिन सोध्ने मलाई पनि केही गर्नुपर्छ भन्ने त लागिरहेकै थियो परिवार समाज सबैतिर हैरान देखिन्थ्यो सबै खुशी नै देख्छु एउटा तरंग आएको छ । बन्द गरिहाल्नु पर्ने थियो र गरियो,’ प्रधानमन्त्रीले भने ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७