नेपालले माग्यो रुस–युक्रेन युद्धमा मारिएका ६ नेपाली शव (विज्ञप्तिसहित)


०७:१३ बजे

काठमाडौँ । रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले आज (सोमबार) एक विज्ञप्ति निकालेर रुसी सेनामा कार्यरत ६ जना नेपालीको ज्यान गएको पुष्टि गरेको हो ।

ज्यान गुमाउनेहरूमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगङ्गा नगरपालिका–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार रोका र इलामका गङ्गाराज मोक्तान रहेका छन् ।

नेपाल सरकारले ज्यान गुमाएकाहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसी सरकारलाई आग्रह गरेको छ । सरकारले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए तत्काल नेपाल फर्काउन रुसी सरकारलाई आग्रह गरेको छ ।

रुसी सेनामा भर्ना भई अहिले युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली विवेक खत्रीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा कुटनीतिक पहल भइरहेको पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
रूसी सेनामा भर्ना हुन हिजो मात्रै दिल्ली हुँदै ५३ नेपाली गएको सूचना छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रूसी सेनामा भर्ती हुनका लागि हिजो मात्रै भारतको नयाँदिल्ली हुँदै दुई समूहमा नेपाली युवा गएको सूचना प्राप्त गरेको बताएका छन् ।

सिंहदरबारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘हिजो मात्रै दिल्लीबाट २६ र २७ जना गरी दुई समूहमा रुसी सेनामा भर्ती हुन गएको सूचना प्राप्त भएको छ’, उनले भनेका थिए । यसरी अनधिकृत रुपमा नजानका लागि सरकारले अनुरोध गरिसकेको जानकारी गराउँदै रुसलाई पनि भर्ती नगर्न अनुरोध गरेको बताए । ‘आफ्नो ज्यान जोखिममा राखेर भर्ती हुन नजान सरकारले आग्रह पनि गरेको छ’, उनले भने ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७